Flat Preloader Icon

परिचय (Introduction)

नेपाल सरकार सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको यस गोल्डेन टच बचत तथा ऋण सहकारी संस्था लि।को प्रधान कार्यालय का। म।न।पा। वडा नं। २४ एप्पल प्लाजा, न्युरोड मा अवस्थित छ। स्थानिय प्रतिष्ठित तथा प्रबुद्ध व्यवसायिहरुको संस्थापक शेयर सहभागितामा संचालन भएको यस संस्थाको उच्च व्यवस्थापन तहमा व्यवसायी उद्धमीवर्ग, तथा वित्तिय क्षेत्रमा लामो अनुभवको प्राप्त गरिसकेका व्यक्तिहरु आवद्ध छन् । जन समुदायमाझ रहेको निस्कृय पूँजीलाई प्रतिष्पर्धात्मक वित्तिय बजारमा स्वस्थ प्रतिस्पर्धाबाट आकर्षण ब्याज प्रदान गरी शेयर सदस्यहरुलाई समय सुहाउँदो उचित ब्याजदरमा छिटो छरितो र सहज ढंगबाट कर्जा प्रवाह गरी सक्षम व्यवसायी बनाउनुका साथै खुल्ला बजारको निर्माण गर्नुनै यस संस्थाको मुल लक्ष्य रहेको छ।

उद्देश्य (Objective)

संयुक्त स्वामित्व तथा पूर्ण प्रजातान्त्रिक भई साझा आर्थिक र सामाजिक आवश्यकताहरुको परिपूर्ति गर्न स्वैच्छिक रुपमा एकजुट भएको यस वित्तिय संगठनले समाजमा विद्यमान गरिवी, पछौंटेपन तथा बेरोजगारी जस्ता सामाजिक समस्याहरुलाई निस्क्रिय गर्ने तथा छरिएर रहेको पूँजीको संकलन गदै उक्त पूँजी, थोरै सीप, थोरै अनुभव र साधनहरुलाई सहकारीताको भावना मार्फत संलित पूँजीलाई इमान्दार र कर्मठ व्यवसायी एवं उद्योमीहरुलाई सदस्यद्वारा सदस्यकै लागि सदस्यकै सक्रियतामा सुलभ ब्याजदरमा कर्जा लगानी गरी सदस्यको आर्थिक स्तर माथि उकास्ने यस संस्थाको मुलभूत उद्देश्य रेहेको जानकारी गराउँदछौं ।

व्यवस्थापन (Management)

सदस्य महानुभावहरुको सन्तुष्टि नै यस संस्थाको सन्तुष्टि एवं सफलता हो भन्ने मुल नारालाई अधि सार्दै दैनिक कारोवार संचालन गर्न तथा संचालक समितिले तोकेको नीति तथा कार्यक्रमलाई प्रभावकारी ढड़गले कार्यन्वयन गर्न समितिबाट कार्यकारी पदाधिकारी तथा दक्ष एवं अनुभवी कर्मचारीहरुको नियुक्ति गरिएको छ।